post-slider post-slider

एमालेका चार केन्द्रीय सदस्यले गुमाए पद

Image
A A

काठमाडौं- नेकपा एमालेका चार जना केन्द्रीय सदस्यले पद गुमाएका छन्। माथिल्लो केन्द्रीय कमिटीमा जिम्मेवारीमा रहँदारहँदै प्रदेश अध्यक्षमा उम्मेदवारी दिएका चार जनाले केन्द्रीय सदस्यले पद गुमाएका हुन्।

एमालेको विधानको धारा ६७ (४) मा कुनै पनि कमिटीको पदाधिकारी वा सदस्यमा कार्यरत व्यक्ति अर्को कमिटीको पदाधिकारी वा सदस्य पदमा उम्मेद्वार भएमा पद गुम्ने भन्ने लेखिएको छ। सोही अनुरुप प्रदेश अध्यक्षका प्रत्यासी बनेका चार जनाको पद गुमेको हो।

पद गुमाउनेमा लुम्बिनी प्रदेश अध्यक्षमा प्रत्याशी बनेका हरिप्रसाद रिजाल, बागमतीमा प्रत्यासी बनेका कृष्णप्रसाद दाहाल छन्।

रिजाल लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेलसँग पराजित भएका थिए। दाहाल केन्द्रीय सदस्य कैलाश ढुंगेलसँग पराजित भएका हुन्। 

यस्तै कोशी प्रदेश अध्यक्षको प्रत्याशी बनेका मोरङका विनोदप्रसाद ढकालले पनि केन्द्रीय सदस्य पद गुमाएका छन्। 

गण्डकी प्रदेशमा मायानाथ अधिकारीले पनि केन्द्रीय सदस्य पद गुमाएका छन्। उनी नवराज शर्मासँग पराजित भएका थिए।

एमालेको विधानको धारा ६७ (४) मा कुनै पनि कमिटीको पदाधिकारी वा सदस्यमा कार्यरत व्यक्ति अर्को कमिटीको पदाधिकारी वा सदस्य पदमा उम्मेद्वार भएमा पद गुम्ने प्रावधान छ। त्यहीअनुसार चारै जना केन्द्रीय सदस्यले पद गुमाएका हुन्।

कार्यकारी अधिकार र पदेन पोलिटब्युरो सदस्य हुने भएपछि केन्द्रीय सदस्यहरू पनि प्रदेश अध्यक्षको आकांक्षी बनेका थिए।

शुक्रबारबाट उपत्यका विशेष प्रदेशको अधिवेशन आरम्भ हुँदै छ। यसपछि सुदूरपश्चिम र मधेस प्रदेशको अधिवेशन हुने छन्।

Tags: