post-slider post-slider

भिजिट भिसा र श्रम स्वीकृति लिएर विदेश जानेलाई सास्ती नदिन प्रधानमन्त्रीको निर्देशन

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भिजिट भिसा र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीहरुको गुनासो सम्बोधन गर्न निर्देशन दिएका छन्।

भिजिट भिसा र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलमा सास्ती दिने गरेको गुनासो आएको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न उनले निर्देशन दिएका हुन्।

बुधबार उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, मुख्यसचिव वैकुण्ठ अर्यालसहित सम्बन्धित मन्त्रालयका सचिवहरुसँगको छलफलमा प्रचण्डले यस्तो निर्देशन दिए।

भिजिट भिसा र श्रम स्वीकृति लिएकाहरुलाई विमानस्थलमा सास्ती दिने गरेको गुनासो आएको उल्लेख गर्दै उनले  तत्काल सहज वातावरण सिर्जना गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।

छलफलमा प्रचण्डले भने, ‘भिजिट भिसामा जानेलाई कागज पुगेन भनेर विमानस्थलबाट फर्काउने र फेरि केही दिनपछि सेटिङ मिलाएर पठाउने गरेको मैले सुनेको छु। भिजिट भिसामा घुम्न जानेहरुका सम्बन्धमा अध्यागमन कार्यविधिअनुसार गर्नु, गराउनुहोला। जनतालाई हैरानी दिने काम बन्द गर्नुहोला।’

उनले पालिकास्तरमा गएर वैदेशिक रोजगारी र भिजिट भिसाबारे सचेतनामूलक कार्यक्रम गर्न र जनताको हितमा काम गर्नसमेत निर्देशन दिएका छन्।

 

Tags: