post-slider post-slider

आज लक्ष्मी पूजा श्रद्धापूर्वक मनाइँदै

Image
A A

काठमाडौं-यमपञ्चक अर्थात तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजारआधरना गरी श्रद्धापूर्वक लक्ष्मीपूजा मनाइँदैछ।

सफासुघर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा बिहानै घर सफासुघर र लिपपोट गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ।

विशेषगरी घरका झ्याल, ढोका, कोठा, संघार, कौंसी, अटाली, भ¥याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ।

लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औंसीको रातलाई सुखरात्री पनि भनिन्छ। लक्ष्मी पूजाका लागि साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने चलन छ।

कोठामा गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो देखाइन्छ।

दीपवाली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाइ विधिपूर्वक पूजा गरिन्छ।

आज साँझ युवतीहरू समूह बनाइ घर–घरमा भैलो खेल्छन्। भगवान विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजले भलो होस् भनी घर–घरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो।

भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ। भैले खेल्न आउनेलाई दिइने दा कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने विश्वास रहेको छ।

लक्ष्मी पूजाका अवसरमा सहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ। कूल परम्पाराअनुसार आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत रहेको छ।

 

Tags: