post-slider post-slider

संक्रमणकालीन न्यायसम्बन्धी विवाद टुंग्याउन जुट्ला सहमति?

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संक्रमणकालीन न्याय सम्बन्धमा प्रमुख दलहरूबीच समझदारी बनेको बताएका छन्।

बुधबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीहरूमाझ उनले यस्तो बताएका हुन्।

बुधबार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटमा संक्रमणकालीन न्यायसम्बन्धी विषय सहमतिमा टुंग्याउने सहमति भएको उनले बताए।

‘कांग्रेस सभापति, एमाले अध्यक्ष र म बसेका थियौं, एउटा अन्डरस्ट्यान्डिङ बनेको छ। यो विषय चाँडै टुगिन्छ,’ प्रचण्डले भने।

पीडितलाई केन्द्रमा राखेर कानुन निर्माण हुने प्रचण्डको भनाइ छ।

‘पीडित केन्द्रित कानुन बन्ने भनेर हामीले पटक–पटक भन्दै आएका छौं। विधेयकमा पनि त्यही छ,’ उनले भने,‘मैले जहिल्यै पनि दलहरूलाई एकै स्थानमा ल्याउन पहल गरेको छु। आज बिहानको मिटिङ पनि त्यही पहलो। त्यो सकारात्मक भएको छ।’

एमाले अध्यक्ष ओलीले पनि संक्रमणकालीन न्यायलाई पीडितकेन्द्रित भएर टुंग्याइने बताए।

सहमतिमै संक्रमणकालीन न्याय टुंगिने उनको भनाइ।

‘सहमतिका साथ पीडितकेन्द्रित भएर टुंग्याउनुपर्छ। सर्वोच्च अदालतको आदेशलाई मानेर टुंग्याउनुपर्छ। अन्तर्राष्ट्रिय समुदाय खासगरी मानवअधिकार संघहरूमा पनि केही कुरा भएको छ, त्यसलाई पनि ध्यान दिनुपर्छ,’ उनले भने।

तर, चार दिने नेपाल भ्रमणमा आएका राष्ट्रसंघका महासचिव एन्टिोनियो गुटेरेससँगको भेटमा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डका कारण शान्ति प्रक्रियाको बाँकी काम पूरा नभएको आरोप लगाएका थिए।

 

Tags: