post-slider post-slider

भिडभाडमा स्वास्थ्य मापदण्ड पालना गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

Image
A A

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिडभाड हुने स्थानहरूमा जनस्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गरेको छ।

छिमेकी मुलुकहरूमा कोभिड १९ को नयाँ सब भेरिएन्ट जे एन १ को संक्रमण बढिरहेकाले नेपालमा पनि भित्रिनसक्ने भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो।

मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दै भिडभाडमा मास्कको प्रयोग, भौतिक दूरी कायम राख्नुका साथै हातको सरसफाइमासमेत विशेष ध्यान दिन मन्त्रालयले आग्रह गरेको बताएका छन्।

बुढाथोकीका अनुसार हालसम्म नेपालमा कोभिड १९ को नयाँ सब भेरिएन्ट जेन १ को संक्रमण भने पुष्टि भइसकेको छैन।

नेपालमा संक्रमण भित्रिन नदिन विभिन्न नाकामा नयाँ संक्रमणलाई दृष्टिगत गरी प्रवेश विन्दुका सम्पूर्ण हेल्थ डेस्कहरू, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरू तथा सम्पूर्ण सरोकारवालाहरूमार्फत आवश्यक निगरानी भइरहेको उनले जानकारी दिए।

साथै नेपालमा संक्रमण फैलिहालेमा मन्त्रालय कोभिड–१९ को व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको विज्ञप्तिमा भनिएको छ।

 

Tags: