post-slider post-slider

सिन्धुपाल्चोकमा जिप दुर्घटना, दुई जनाको मृत्यु

Image
A A

काठमाडौं- सिन्धुपाल्चोकको लामोसाँघु-जिरी सडकखण्डको पाँचकिलो भन्ने स्थान नजिकै जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्।

बा१५च ९३७० नम्बरको स्कारपियो गाडी आज बिहान दुई बजेतिर दुर्घटना भएको थियो। दुर्घटनामा चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोकका बलबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

Tags: