post-slider post-slider

बिहानैदेखि देशभर वर्षा जारी

Image
A A

काठमाडौं- देशका केही भागमा आज वर्षाको सम्भावना रहेको छ। केही प्रदेशमा भारी वर्षासमेत हुने सम्भावना रहेको छ। 

जल तथा मौसम विज्ञान विभागले आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ। कोसी र वाग्मती प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

विभागले आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने बताएको छ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

विभागका अनुसार आजराति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।

भारी र धेरै भारी वर्षाको समेत सम्भावना रहेकाले यी क्षेत्रका नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षयजस्ता प्रकोप हुनसक्ने विभागले जनाएको छ। वर्षा र बाढीका कारण जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भन्दै विभागले सतर्क रहन भनेको छ। 

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित छ। साथै नेपालमा हाल भारतको उत्तर र मध्य प्रदेश तथा आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ। 

 

Tags: