post-slider post-slider

वीरगन्जमा १० बजेसम्म कर्फ्यू खुकुलो, त्यसपछि यथावत्

Image
A A

वीरगन्ज, फागुन ८ - वीरगन्जमा जारी गरिएको कर्फ्यू मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्मका लागि खुकुलो गरिएको छ।

सो अवधिपश्चात् कर्फ्यू पुन: यथावत् हुने जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गर्दै जानकारी गराएको छ।

सोमबार अपराह्न प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सार्वजनिक सूचना निकालेर सोमबार बेलुकी ५ बजेदेखि लागू हुने गरी कर्फ्यू जारी गरेका थिए।

गत फाल्गुन ३ गते  रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको मोतिपुरमा दुई पक्षबीच विवाद र झडप भएको विषयलाई लिएर फागुन ७ गते वीरगन्जमा जुलुस निकालिएको थियो। त्यसक्रममा झडप भएपछि सर्वसाधारणको सुरक्षामा पर्न सक्ने भन्दै प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो।

 

Tags: