post-slider post-slider

मुकेश अम्बानीले छोराको बिहेमा खर्च गर्दैछन् १ हजार करोड भारु

Image
A A

एजेन्सी - भारतका सबैभन्दा धनी व्यापारी मुकेश अम्बानीका छोरा अनन्तले राधिका मर्चेन्टसँग विवाह हुँदैछ। दुवैको विवाहपूर्व समारोह १ मार्चदेखि गुजरातको जामनगरमा सुरु हुँदैछ।

बिहेमा बिल गेट्स, मार्क जुकरबर्ग र बलिउड सेलिब्रेटीजस्ता धेरै अन्तर्राष्ट्रिय सेलिब्रेटीहरुको जमघट हुने भएको छ। एक रिपोर्टअनुसार अनन्त र राधिकाको आलिशान विवाहमा एक हजार करोड रुपैयाँ खर्च हुने भएको छ।

यसअघि मुकेश अम्बानीकी छोरी इशा अम्बानीको विवाहमा ४०० करोड रुपैयाँ खर्च भएको थियो। इशा अम्बानीले विवाहमा ९० करोडको लेहेंगा लगाएर विश्व कीर्तिमान बनाएकी थिइन्। जहाँ बलिउड अभिनेत्री दीपिका पादुकोण र अनुष्का शर्माको विवाहको कुल बजेट ९०–९५ करोड रुपैयाँ थियो।

यदि बलिउडको कुरा गर्ने हो भने प्रियंका चोपडाले १५ करोड भारुको विवाहको पोशाक लगाएकी थिइन्।

तर, अम्बानी परिवारको एउटा मात्रै विवाहको बजेट बलिउडका सबैभन्दा महँगा ५ विवाह बराबर थियो।

Tags: