post-slider post-slider

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

Image
A A

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ।

शनिबार राष्ट्रपति भवन शीतल निवास पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेललाई भेटेका हुन्।

भेटका क्रममा प्रचण्डले आफ्नो अमेरिकाको न्यूयोर्क र चीन भ्रमणबारे पौडेललाई जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

पोखरेलका अनुसार प्रधानमन्त्री प्रचण्डले न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका हुन्।

भेटवार्तामा राष्ट्रपति र प्रधानमन्त्रीबीच समसामयिक विषयमा समेत कुराकानी भएको बताइएको छ।

 

Tags: