post-slider post-slider

प्रधानमन्त्री प्रचण्ड स्वेदश फिर्ता

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगान्डा भ्रमण सम्पन्न गरेर स्वदेश फिर्ता भएका छन्।

प्रधानमन्त्री प्रचण्ड आइतबार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को १९ औं शिखर सम्मेलनमा सहभागी हुन उनी माघ ४ गते युगान्डाको राजधानी कम्पाला गएका थिए।

प्रधानमन्त्री प्रचण्डसँगै परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव सेवा लम्साललगायतका अधिकारीहरू त्यसतर्फ गएका थिए।

भ्रमणका क्रममा प्रचण्डले शनिबार श्रीलंकाका राष्ट्रपतिसँग भेटवार्ता गरेका थिए।

 

Tags: