post-slider post-slider

कृत्रिम मासुमा प्रतिबन्ध

Image
A A

काठमाडौं- इटालीले प्रयोगशालामा उत्पादन हुने मासुमा प्रतिबन्ध लगाएको छ।

यो प्रतिबन्धसँगै इटाली कृत्रिम तरिकाले बनाएको मासुको उत्पादन, बिक्री र आयातमा प्रतिबन्ध लगाउने  विश्वकै पहिलो देश बनेको छ।

कृत्रिम मासु जनावरको हत्या नगरी जनावरको कोषहरूको भिट्रो खेतीबाट उत्पादन गरिन्छ।

इटालीको संसदले महिनौंसम्मको बहसपछि कृत्रिम मासुमा प्रतिबन्ध लगाउने नयाँ कानुन पारित गरेको हो। 

नियम उल्लंघन गरेमा ६० हजार युरोसम्म जरिवाना लाग्नसक्छ।

जर्मनी र स्पेनलगायत अन्य देशहरूले खेती गरिएको मासुको उत्पादन प्रक्रिया सुधार गर्न अनुसन्धानमा ठूलो लगानी गरिरहेका बेला इटालीले प्रतिबन्ध लगाएको हो।

खेती गरिएको मासुलाई हर्मोन र एन्टिबायोटिकको प्रयोगको आवश्यक्ता पर्दैन।

यसमा परम्परागत रूपमा पाइने मासुभन्दा कम खर्च हुन्छ। 

 

Tags: