post-slider post-slider

उखु किसानको बक्यौता तत्काल भुक्तानी दिने सरकारको निर्णय

Image
A A

काठमाडौं- सरकारले उखु किसानलाई भुक्तानी दिन बाँकी रहेको ५२ करोड रूपैयाँ तत्काल भुक्तानी दिने निर्णय गरेको छ।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पहलमा बसेको बैठकले उखु किसानको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने निर्णय गरेको हो।

बैठकमा प्रधानमन्त्री प्रचण्डले कृषि क्षेत्र र किसानलाई प्राथमिकतामा राखेर उत्पादमुखी नीति, योजना र कार्यक्रम बनाउन एवं कार्यानवयनमा तत्परता देखाउन मन्त्री र सचिवलाई निर्देशनसमेत दिए।

बैठकमा अर्थमन्त्री प्रकाशशरण महत, कृषिमन्त्री बेदुराम भुसाल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, मुख्यसचिव वैकुण्ठ अर्याल, अर्थ मन्त्रालय, कृषि मन्त्रालय र उद्योग मन्त्रालयका सचिवहरूलगायतको उपस्थिति रहेको थियो।

 

Tags: