post-slider post-slider

बजेट पास भएपछि ओलीको टिप्पणी : विश्वासको मत ५३ प्रतिशतमा झर्‍यो

Image
A A

काठमाडौं- प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको विश्वासको मत ५३ प्रतिशतमा झरेको टिप्पणी गरेका छन्।

बजेट पारित भएपछि संसदबाट बाहिरिने क्रममा सञ्चारकर्मीमाझ यस्तो बताएका हुन्।

उनले नतिजा थाहा भए पनि प्रक्रियामा गएको बताए।

प्रतिनिधिसभा बैठकमा एमालेले माग गरेपछि मतविभाजन प्रक्रियाबाट बजेटमाथि निर्णय भएको हो।

‘बजेट पारित हुन्छ भन्ने थाहा थियो। हामी प्रक्रियामा गएका हौं,’ ओलीले भने,‘सरकारप्रति ९९.९९ प्रतिशतको विश्वास ५३ प्रतिशतमा झरेको छ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभामा दोस्रोपटक विश्वासको मत लिँदा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टीबाहेक सबै दलले मत दिएका थिए।

त्यो बेला संसदमा सरकारको पक्षमा झन्डै ९९ प्रतिशत मत थियो।

आगामी आर्थिक वर्षको बजेट निर्णयार्थ पेस हुँदा प्रचण्डलाई विश्वासको मत दिएका राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीका सांसदहरूले विपक्षमा मतदान गरेका थिए।

 

Tags: