post-slider post-slider

प्रधानमन्त्री र उपप्रधानमन्त्रीद्वारा राईको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण

Image

ललितपुर- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीका बुवा हर्कबहादुर राईको पार्थिव  शरीरमा  श्रद्धाञ्जली अर्पण गरेका छन्।

यसैगरी, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले पनि स्वर्गीय राईको पार्थिव शरीरमा श्रञ्द्धाजली अर्पण गरेका छन्।

मन्त्री सुदन किरातीका बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा आज बिहान वीर अस्पतालमा निधन भएको हो। 

No description available.

मन्त्री किरातीका बुवा लामो समयदेखि अस्वस्थ भई उपचाररत थिए। 

मन्त्री किरातीका बुवाको पार्थिव शरीर आजै भोजपुरको ओख्रे गाउँ लैजाने तयारी भइरहेको उनको निजी सचिवालयले जनाएको छ।

Tags: