post-slider post-slider

इजरायलमा रहेका नेपालीबारे परराष्ट्र मन्त्रीले सदनलाई गराए जानकारी

Image
A A

काठमाडौं- परराष्ट्र मन्त्री एनपी साउदले इजरायलमा रहेका नेपालीहरूको अवस्थाबारे सदनलाई जानकारी गराएका छन्।

प्यालेस्टिनी विद्रोही समूह हमासले गाजा क्षेत्रबाट इजरायलमा गरेको आक्रमणपछिको अवस्थाबारे परराष्ट्र मन्त्री साउदले आइतबार प्रतिनिधि सभा बैठकमा जानकारी गराएका हुन्।

परराष्ट्रमन्त्री साउदका अनुसार इजरायलमा हाल चार हजार पाँच सय जना नेपालीहरू केयरगिभरको रूपमा रहेको र दुई सय ६५ जना विद्यार्थी छन्।

विद्यार्थीहरूमध्ये नेपालको कृषि विश्वविद्यालयबाट एक सय १९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना छन्।

सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपाली दक्षिण इजरायलमा अध्ययनरत थिए। यो गाजा क्षेत्रनजिकै पर्दछ।

यहाँ रहेका १७ जना नेपालीमध्ये दुई जना सकुशल छन् भने तीन जना घाइतेको स्थानीय अस्पतालमा उपचार जारी रहेको छ।

Tags: