post-slider post-slider

थुनुवासहित फरार प्रहरी जवान १६ वर्षपछि पक्राउ

Image
A A

काठमाडौं- लागुऔषधका थुनुलाई भगाइ फरार रहेका तत्कालीन प्रहरी जवान १६ वर्षपछि पक्राउ परेका छन्।

शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी फरार प्रहरी जवान पक्राउ परेको जनाएको हो।

तत्काली प्रहरी जवान वीरबलराय यादवलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।

उनी पथरावुधाम–३ रौतहटका रहेको प्रहरीले बताएको छ।

नक्कली चिट बनाइ आफैंले फिल्ड अधिकृतको कीर्ते दस्तखत गरी हिरासत कक्षबाट हत्कडीसहित बाहिर निकाली थुनुवालाई भगाएको अभियोगमा १६ वर्षपछि काँकडभिट्टास्थित नेपाल–भारत सीमा क्षेत्रबाट यादवलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अनिल घिमिरेले बताए।

उनलाई आवश्यक कारबाहीका लागि शुक्रबार प्रहरी परिसर काठमाडौं ल्याइएको र मुलुकी अपराधसंहिता २०७४ को दफा १०२ अनुसार कसुरको सजाय हुने प्रहरीले जनाएको छ।

तत्कालीन समयमा एक करोडबाट सुरू गरी १० लाखमा डिल गरेर ६ लाख २५ हजार यादवले प्रहरीको अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेका यादव हाल भारतको कोलकत्तामा श्रीमतीसहित बस्दै आएको पनि खुलेको छ।

 

Tags: