post-slider post-slider

देउवाले बोलाए कार्यसम्पादन समिति बैठक

Image
A A

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।

शनिबार दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने गरी कार्यसम्पादन समितिको बैठक बोलाइएको हो।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन भनिएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

माघ ११ गते हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार तय गर्न विषयमा बैठक बोलाइएको बताइएको छ।

सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनमा ९ देखि १० सिटमा दाबी गरेको छ।

९ सिट पाउँदा कम्तिमा ३–४ सिट आफूहरूले पाउनुपर्ने संस्थापनइतरको भनाइ छ।

प्रदेस समितिहरूले आफ्ना प्रदेसबाट राष्ट्रियसभा सदस्यका लागि सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरेर केन्द्रमा पठाइसकेको छ।

कतिपय प्रदेसले जिल्ला कार्यसम्पादन, क्षेत्रीय समितिबाट सिफारिस भएर आएका सबै नामहरू केन्द्रमा पठाएको छ।

केही दिनअघि बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले कहिले अवसर नपाएका, स्वच्छ छवि भएका र लोकप्रिय भएकालाई राष्ट्रियसभाको उम्मेदवार बनाउने निर्णय गरेको थियो।

यद्यपि सत्ता गठबन्धनभित्र सिटको भागबन्डा टुंगिन बाँकी रहेको नेताहरूले बताएका छन्।

बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन रह्यो।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा छलफल भए पनि टुंगो लाग्न नसकेको बताए।

उनका अनुसार शुक्रबार बस्ने गठबन्धनको बैठकबाट सिट बाँडफाँटको टुंगो लाग्नेछ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रियसभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहकार्य गर्न चाहेका छन्।

बुधबार साँझ भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डलाई एमाले अध्यक्ष ओलीले राष्ट्रियसभा सदस्य निर्वाचनमा आफूहरूलाई ‘जिरो’ नबनाइदिन प्रस्ताव गरेका थिए।

ओलीको यो प्रस्तावमा प्रचण्ड सकारात्मक रहेको बताइन्छ।

प्रमुख प्रतिपक्षी एमालेसँग सहकार्य भएको अवस्थामा सत्ता गठबन्धनमा आवद्ध दलहरूको भागबन्डा केही सिट कम हुनसक्ने छ।

 

Tags: