post-slider post-slider

एकीकृत समाजवादीले बोलायो संसदीय दलको बैठक

Image
A A

काठमाडौं- नेकपा(एकीकृत समाजवादी) ले संसदीय दलको बैठक बोलाएको छ।

दिउँसो २ बजे बस्नेगरी एकीकृत समाजवादीले संसदीय दलको बैठक बोलाएको हो।

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले सरकारले संसदमा प्रस्तुत गरेको बजेटलगायत विभिन्न विषयमा छलफल गर्न दलको बैठक बोलाइएको जानकारी दिए।

बजेटप्रति सत्तारुढ दल एकीकृत समाजवादीका सांसदहरूले आपत्ति जनाएका छन्।

संसदीय दलका उपनेतासमेत रहेका राजेन्द्र पाण्डे, कृष्णकुमार श्रेष्ठलगायतले प्रतिनिधिसभा बैठकमै बजेटप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

बजेट मन्त्रीमुखी र वितरणमुखी भएको उनीहरूको आरोप छ।

एकीकृत समाजवादीका असन्तुष्ट सांसदहरूले यथास्थितिमै बजेटलाई समर्थन नगर्ने चेतावनी दिएका छन्।

बजेट संशोधन नभए पास हुन नदिने उनीहरूले बताएका छन्।

पार्टीका सांसदहरू बजेटको विरोधमा उत्रिएपछि अध्यक्ष माधवकुमार नेपाल सकसमा परेका छन्।

 

Tags: