post-slider post-slider

कांग्रेस केन्द्रीय समिति बैठक : भदौ १५ भित्र विभागहरूलाई पूर्णता दिन प्रस्ताव

Image
A A

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरू भएको हो।

कांग्रेसले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण गरिरहेको छ। पार्टीको फेसबुक पेजमा बैठकको प्रत्यक्ष प्रसारण भइरहेको हो।

नेपालको राजनीतिक इतिहासमा पार्टीको आन्तरिक बैठकलाई प्रत्यक्ष प्रसारण गर्ने कांग्रेस पहिलो पार्टी बनेको छ।

सभापति शेरबहादुर देउवाले बैठकलाई प्रत्यक्ष प्रसारण गर्न प्रस्ताव गरेका थिए। उनले गरेको प्रस्तावअनुसार पार्टीको फेसबुक पेजमा बैठकको प्रत्यक्ष प्रसारण भइरहेको हो।

बैठकमा महामन्त्री गगन थापाले सांगठिनक कार्ययोजनाको प्रस्ताव पेस गरेका छन्।

विधानमा हरेक दुई महिनामा केन्द्रीय समिति बैठक बोलाउने व्यवस्था भएअनुसार कार्यतालिका बनाएरै बैठक आह्वान गर्न महामन्त्री थापाले प्रस्ताव गरेका छन्।

उनले वर्षको न्यूनतम दुईवटा बैठक उपत्यका बाहिर गर्न समेत प्रस्ताव गरेका छन्।

महामन्त्री थापाले पेस गरेको सांगठनिक प्रस्तावमा विधानमा व्यवस्था भएअनुसार सबै ४८ विभाग भदौ १५ सम्म गठन गर्न प्रस्ताव गरिएको छ।

कांग्रेसले अहिलेसम्म ४८ मध्ये प्रचार विभागमात्रै गठन गरेको छ।

त्यस्तै भादौ १५ गतेभित्र सबै समिति, भातृ संस्थाहरूलाई पूर्णता दिन महामन्त्री थापाले प्रस्ताव गरेका छन्।

दिवंगत नेता प्रदीप गिरीको पहिलो स्मृति दिवसको अवसर पारेर मधेसका सबै जिल्लामा संवाद कार्यक्रम आयोजना गरिने उनले जानकारी दिए।

यसअघि अर्का महामन्त्री विश्वप्रकाश शर्माले बैठकमा छलफल हुने एजेन्डाबारे जानकारी गराएका थिए।

उनले समसामयिक (राजनीतिक, आर्थिक, प्रशासन, सुशासन), सागठनिक कार्ययोजना, कार्यसम्पादन समितिले गरेका निर्णयहरु, निर्वाचन परिचालन समितिको प्रतिवेदन, निती अधिवेशन, अनुशासन समितिको प्रतिवेदन, सरकारका गतिविधिलगायतका विषयमा बैठकमा छलफल हुने जानकारी गराएका थिए।

 

Tags: