post-slider post-slider

खाल्डोमा डुबेर सर्लाहीमा दाजुभाइको मृत्यु

Image
A A

काठमाडौं- सर्लाहीको पर्सा गाउँपालिका–४ को बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाइको ज्यान गएको छ।

स्थानीय नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स  र १० वर्षीय दिपुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। सर्लाहीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक दीपेन्द्र पन्जियार थारूका अनुसार शनिबार दिउँसो घरबाट निस्केका उनीहरु राति अबेरसम्म नफर्केपछि अभिभावकले खोज्दै जाँदा गए राति  घरभन्दा तीन सय मिटरको दूरीमा रहेको बाँके खोलामा खनिएको खाल्डोमा मृत अवस्थामा भेटिएका थिए।

नागेन्द्रको दुई सन्तान मात्र थिए। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Tags: