post-slider post-slider

भारतमा राष्ट्रिय फिल्म पुरस्कार : अल्लु अर्जुन सर्वश्रेष्ठ अभिनेता, आलिया र कृति सर्वश्रेष्ठ अभिनेत्री

Image
A A

काठमाडौं- भारत सरकारले राष्ट्रिय फिल्म पुरस्कारको घोषणा गरेको छ।

सन् २०२१ र २०२२ का फिल्मलाई समावेश गरेर भारत सरकारले ६९ औं राष्ट्रिय फिल्म पुरस्कारको घोषणा गरेको हो।

फिल्म पुष्पाका लागि अल्लु अर्जुनलाई सर्वश्रेष्ठ अभिनेताको पुरस्कार पाउने भएका छन्।

त्यस्तै आलिया भट्ट र कृति सेननलाई संयुक्तरूपमा सर्वश्रेष्ठ अभिनेत्रीको उपाधि दिइएको छ। आलियालाई ‘गंगुबाई कठियावाडी’ र कृतिलाई ‘मिमी’ फिल्मका लागि यो उपाधि दिइएको हो।

त्यस्तै पंकज त्रिपाठी सर्वश्रेष्ठ उत्कृष्ट चरित्र अभिनेता र पल्लवी जोशी उत्कृष्ट चरित्र अभिनेत्रीको उपाधि पाउने भएका छन्। 

त्रिपाठीलाई फिल्म ‘मिमी’ र जोशीलाई ‘द कश्मीर फाइल्स’ का लागि यो उपाधि दिइएको हो।

सबैभन्दा लोकप्रिय फिल्मको उपाधि ‘आरआरआर’ ले पाउँदा श्रेया घोषाल उत्कृष्ट गायिकाको पुरस्कार पाउने भएकी छन्।

त्यस्तै उत्कृष्ट गायकको पुरस्कारका लागि काला भैरवको नाम घोषणा गरिएको छ।

राष्ट्रिय फिल्म पुरस्कारको स्थापना सन् १९५४ मा भएको थियो र चलचित्र क्षेत्रका लागि यो भारतको सर्वोच्च पुरस्कार हो।

भारतका राष्ट्रपतिले विजेतलाई पुरस्कार दिने गरेका छन्।

 

Tags: