post-slider post-slider

विमानस्थलमा ‘ड्रोन आक्रमण’ हुँदा रूसका सैन्य विमानहरूमा क्षति

Image
A A

काठमाडौं- रूसको उत्तर–पश्चिमी सहर पस्कोभको एक विमानस्थलमा भएको ड्रोन आक्रमणमा दुईवटा सैन्य विमानमा क्षति पुगेको रूसी समाचार संस्थाहरूले जनाएका छन्।

आक्रमणपछि इल्युसिन ७६ ढुवानी विमानहरूमा आगलागी भएको समाचारमा जनाइएको छ।

स्थानीय गभर्नरले यसअघि सेनाले उक्त आक्रमणलाई प्रतिकार गरिरहेको बताएका थिए। उनले ठूलो आगलागी भएको भिडियो सामाजिक सञ्जालमार्फत साझा गरेका थिए जसमा विस्फोटको चर्को आवाज पनि सुनिएको थियो।

पस्कोभ युक्रेनबाट ६ किलोमिटर टाढा छ र यो इस्टोनियाको सीमा नजिकै पर्छ।

युक्रेनले पछिल्लो आक्रमणमा आफ्नो संलग्नताबारे कुनै जानकारी दिएको छैन। उनले रूसभित्र भएका आक्रमणहरूबारे कमै मात्र टिप्पणी गर्ने गरेको छ।

पछिल्ला केही सातायता युक्रेनले रूसभित्रका लक्ष्यहरूमा आक्रमण गर्न विस्फोटक ड्रोनको प्रयोग बढाएको ठानिएको छ।

यसैबीच मस्कोको भिन्नुकोभो विमास्थलमाथिको हवाइ क्षेत्र बन्द गरिएको रूसी समाचार संस्था तासले उल्लेख गरेको छ।

‘रक्षा मन्त्रालयले पस्कोभको विमास्थलमा भएको ड्रोन आक्रमणलाई प्रतिकार गरिरहेको छ,’ पिएसकोभका क्षेत्रीय गभर्नर मिखाइल भेडेर्निकोभले टेलिग्राममार्फत जानकारी दिएका छन्।

भेडेर्निकोभले आफू घटनास्थलमा रहेको जनाउँदै भने,‘प्रारम्भिक जानकारीअनुसार कुनै पनि मानवीय क्षति भएको छैन।’

 

Tags: