post-slider post-slider

दरबार हत्याकान्डको अनुसन्धान हुन्छ : प्रचण्ड

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दरबार हत्याकान्डको छानबिन हुने बताएका छन्।

सोमबार दिउँसो सिमरा विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले २०५८ सालमा भएको नारायणहिटी दरबार हत्याकान्डको अनुसन्धान हुने बताएका हुन्।

प्रचण्डले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाविरूद्ध उभिने अधिकार कसैलाई नभएको प्रष्ट पारे।

उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रताको अधिकार दिएको छ। तर, यो व्यवस्थाका विरूद्ध उभिने र षडयन्त्रपूर्ण गतिविधि गर्ने अधिकार कोहीसँग छैन।’

 

Tags: