post-slider post-slider

भूकम्पका मृतकका परिवारलाई दुई लाख रूपैयाँ दिने सरकारको निर्णय

Image
A A

काठमाडौं- सरकारले जाजरकोट भूकम्पमा परी मृत्यु भएका परिवारलाई प्रतिमृतक दुई लाख रूपैयाँको दरले राहत दिने निर्णय गरेको छ।

सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो।

मन्त्रिपरिषद बैठकको निर्णयबारे जानकारी दिँदै सरकारको प्रवक्ता एवं सञ्चार तथथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तत्काल राहतस्वरूप पहिलो चरणमा यो सहयोग उपलब्ध गराउने निर्णय भएको जानकारी दिइन्।

त्यस्तै राहत र उद्धार कार्यलाई तीब्रता दिँदै घाइतेको निःशुल्क उपचार गर्ने निर्णय भएको उनले बताइन्।

शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर गएको शक्तिशाली भूकम्पबाट जाजरकोट र रुकुम पश्चिमा १५७ जनाको निधन भएको छ।

 

Tags: