post-slider post-slider

पर्वतमा जीप दुर्घटना : बालिकाको निधन, ११ जना घाइते

Image
A A

काठमाडौं- पर्वतमा जीप दुर्घटना हुँदा सात वर्षीया बालिकाको निधन भएको छ। दुर्घटनामा ११ जना घाइते भएका छन्। 

कुश्मा नगरपालिका वडा नम्बर ३ दुर्लुङको गौडामुनिमा गएराति भएको जीप दुर्घटनामा शीतल विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

घाइतेमध्ये चार वर्षका प्रिन्स क्षेत्री र ५० वर्षकी चन्द्रकला क्षेत्रीलाई थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाइएको प्रहरीको भनाइ छ।

उकालो बाटोमा गुड्दै गरेको जीप अनियन्त्रित भइ सडकबाट झण्डै ३० मिटर तल खसेको प्रहरीले जनाएको छ। 

Tags: