post-slider post-slider

हिटर ताप्दा निसास्एिर पूर्ववडाध्यक्षको मृत्यु

Image
A A

काठमाडौं- हिटर ताप्दा निसास्एिर काभ्रपलान्चोक जिल्लाको नोबुद्ध नगरपालिकाका–१ का पूर्ववडाध्यक्षको मृत्यु भएको छ।

हिटर र आगो बालेर सुतेका ८२ वर्षीय पूर्ववडाध्यक्ष कर्मग्याल्बो लामाको  निसास्एिर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयले हिटर बालेर सुतेका लामाको निसास्एिर मृत्यु भएको जनाएको छ।

प्रहरीका अनुसार लामाकी श्रीमती असनी माया लामा बेहोस रहेको र उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

मंगलबार बिहान अबेरसम्म बुबाआमा नउठेपछि छोरा बुहारीले ढोका खोल्दा बेहोस अवस्थामा देखेपछि उनीहरूलाई उपचारका लागि धुलिखेल अस्पताल लगेका थिए।

लामाको उपचारका क्रममा बिहान ९ : २० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

लामा दम्पत्तिले हिटर र फलामको कराइमा आगो बालेर झ्याल ढाका बन्द गरी सुतेको प्रहरीले बताएको छ।

 

Tags: