एमालेको व्यंग्यः प्रधानमन्त्री खोज्न उच्चस्तरीय समिति बनाउने हो कि !
काठमाडौँ - प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्रीको खोजी गर्न माग गरेको छ ।
शुक्रबार बसेको संसदको बैठकको सुरुमै विशेष समय लिएर एमाले सांसद सूर्य थापाले सभामुखले रुलिङका बाबजुद प्रधानमन्त्री संसदमा नआएको भन्दै असन्तुष्टि जनाए।
दुग्ध किसान, मिटरब्याजी पीडित, सहकारी पीडित सडकमा आएको भन्दै उनले भने, ‘सम्पूर्ण विषयमा सरकार जवाफदेही भएन, सरकार हरायो। प्रधानमत्री हराउनुभयो। प्रधानमन्त्रीको खोजी गर्नुपर्यो।’
प्रधानमन्त्रीको खोजी गर्न उच्चस्तरीय समिति बनाउने हो कि संसद स्थगित गर्ने भनेर उनले प्रश्न गरे।