post-slider post-slider

नेदरल्याण्ड्सँग नामिबिया ५९ रनले पराजित

Image
A A

काठमाडौं, फागुन १७ - नेदरल्याण्ड्सले नामिबियालाई ५९ रनले पराजित गरेको छ। 

जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत खेलमा नेदरल्याण्डस ले दिएको २४८ रनको लक्ष्य पछाएको नामिबियाले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनाएपछि खेल ५९ रनले जितेको थियो।

यसअघि पहिला ब्याटिङ गर्दै माइकल लेभिटको आक्रामक १३५ रनको शतकीय पारी र सिब्राण्ड एंगेलब्रेचटको ७५ रनको मद्धतले नेदरल्याण्डस ले २४७ रन बनाएको थियो। यो जारी सिरिजमा नेदरल्याण्डसको दोस्रो जित हो।

यसअघि नेदरल्याण्डसले नेपाललाई २ रनले पराजित गरेको थियो।

त्यस्तै नामिबियाको भने २ खेलमा यो पहिलो हार हो। नामिबियाले पहिलो खेलमा नेपाललाई पराजित गरेको थियो। अब सिरिजको अर्को खेल शुक्रबार नेपाल र नामिबियाबीच हुदै छ।

 

Tags: