post-slider post-slider

रहेनन् कांग्रेस नेता केशवकुमार बुढाथोकी

Image
A A

झापा, माघ २३ - नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन भएको छ।

झापाको अर्जुनधारा निवासी बुढाथोकीको उपचारको क्रममा सोमबार राति विराटनगर अस्पतालमा निधन भएको हो।

नेपाली कांग्रेस अर्जुनधाराका सभापति हेमराज खरेलले उनको निधन भएको पुष्टि गरे।

उनी दुईपटक मन्त्री भएका थिए। उनी पञ्चायतकालमा जलस्रोत राज्यमन्त्री र पछिल्लो पटक सामान्य प्रशासन मन्त्री भएका थिए।

करिब चार वर्षदेखि प्रोष्टेट क्यान्सरसँग लडिरहेका नेता बुढाथोकी लामो समय भारतमा उपचार गराएर फर्किएका थिए।

एक साता अघिदेखि निमोनियाले सताएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

उनका श्रीमती, दुई छोरा र दुई छोरी छन्। उनको दाहसंस्कार मंगलबार नै गरिने पारिवारिक स्रोतले जनाएको छ।

Tags: