post-slider post-slider

विश्वकपमा पाकिस्तानको साधारण प्रदर्शन, भारतसँग आठौंपटक पराजित

Image
A A

काठमाडौं- एकदिवसीय विश्वकप क्रिकेटमा भारतले चिरपरिचत प्रतिद्वन्द्वी पाकिस्तानलाई पराजित गरेको छ।

शनिबार गुजरातको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा भारतले पाकिस्तानलाई  ७ विकेटले पराजित गरेको हो।

योसँगै भारतले विश्वकप प्रतियोगितामा पाकिस्तानलाई जित्न नदिएको कीर्तिमानलाई कायम राखेको छ।

विश्वकप क्रिकेटमा पाकिस्तान भारतसँग आठौंपटक पराजित भएको हो।

पाकिस्तानले प्रस्तुत गरेको १९२ रनको लक्ष्य भारतले ३ विकेट गुमाएर ३०.३  ओभरमा पूरा गरेको छ। भारतले यो लक्ष्य मात्र  ओभरमा पूरा ग¥यो।

पाकिस्तानले ४२.५ ओभरमा सबै विकेट गुमाएर १९१ रन बनायो।

भारतका तर्फबाट ओपनिङ गर्न आएका कप्तान रोहित शर्मा र सुभमन गिलले पाकिस्तान बलरसामु आक्रमक सुरुवात गरे।

गिल १६ रनको व्यक्तिगत स्कोरमा आउट भए पनि कप्तान शर्माले आक्रमक ब्याटिङलाई निरन्तरता दिइरहे।

कप्तान शर्मा ६३ बलमा ८६ रन बनाएर साहीन शाह अफ्रिदीको बलमा इफ्तिकार अहमदको हातबाट क्याच आउट भए। उनले आफ्नो ८६ रनको इनिङमा ६ चौका र ६ छक्का प्रहार गरे।

गिललाई साहीन शाह अफ्रिदीले सदाब खानको हातबाट क्याच आउट गराए। ११ बलको सामना गरेका गिलले ४ चौका प्रहार गरेका थिए।

गिलपछि ब्याटिङ गर्न आएका विराट कोहलीले कप्तान शर्मासँग मिलेर अर्धशतकीय साझेदारी गरे। शर्मा र कोहलीबीच ५४ रनको साझेदारी भएको थियो।

तर, कोहलीलाई हसन अलीले मिडअनमा मोहम्मद नवाजको हातमा क्याच आउट गरे। ३ चौका प्रहार गरेका उनले १८ बलमा १६ रन जोडे।

त्यस्तै श्रेयस अय्यर  ५३ र केएल राहुल १९ रन बनाएर नट आउट रहे।

नरेन्द्र मोदी स्टेडियममा सवा लाख दर्शकहरुका बीच भएको खेलमा भारतले टस जितेर पाकिस्तानलाई ब्याटिङका लागि निम्तो दिएको थियो।

भारतविरुद्धको खेलमा पाकिस्तानका खेलाडीहरुले ब्याटिङ र बलिङतर्फ साधारण प्रदर्शन गरे।

ब्याटिङतर्फ राम्रो सुरुवात पाएको पाकिस्तान भारतीय बलिङसामु निरीह देखिए। 

३१ औं ओभरमा २ विकेट गुमाएर १५५ रन बनाएको पाकिस्तान टिम १९१ रन बनाउँदासम्म सबै विकेट गुमाइसकेको थियो।

पाकिस्तानका कप्तान बाबर आजमबाहेक अरु कुनै पनि ब्याटर अर्धशतक बनाउन सकेनन् भने कुनै पनि ब्याटरले भारतीय बलरलाई छक्का प्रहार गर्न सकेनन्।

आजमलाई मोहम्मद सिराजले बोल्ड आउट गरे।

पाकिस्तानको तर्फबाट ब्याटिङ गर्दै ओपनर अब्दुल्लाह सिफकले २० र इमामउल हकले ३६ रन जोडे।

टिमलाई गति दिलाइरहेको देखिएका मोहम्मद रिजवान ४९ रनको व्यक्तिगत स्कोरमा आउट भए। उनलाई जसप्रित बुमराहले बोल्ड आउट गरेका थिए।

त्यसपछि क्रिजमा उत्रिएका पाकिस्तानको कुनै पनि ब्याटर भारतीय बलरसामु टिक्न सकेनन्।

साउद सकिल ६, इफ्तिकार अहमद ४, सदाब खान २, मोहम्मद नवाज ४, हसन अली १२, साहीन शाह अफ्रिदी  २ र हैरिस राउफ २ रन बनाएर आउट भए।

भारततर्फबाट बलिङ गरेका सार्दुल ठाकुरबाहेक सबै बलरले २–२ विकेट लिए।

जसप्रित बुमराह, मोहम्मद सिराज, कुलदी यादव, रवीन्द्र जडेजा र हार्दिक पान्ड्याले भारतका तर्फबाट विकेट लिएका थिए।

 

Tags: