post-slider post-slider

वरिष्ठ सचिवलाई पन्छाएर सरकारले बनायो एकनारायण अर्याललाई मुख्यसचिव

Image
A A

काठमाडौं- सरकारले मुख्यसचिवमा एक नारायण अर्याललाई नियुक्त गरेको छ। बिहीबार बेलुका बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई नयाँ मुख्यसचिव नियुक्त गरेको हो।

उनी यसअघि गृहसचिव थिए। हालकी मुख्यसचिव लीलादेवी गड्तौला शुक्रबार ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश जाँदैछिन्।

गड्तौलापछिको मुख्यसचिवको प्रतिस्पर्धामा राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवाली, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई थिए। 

गृह मन्त्रालयका सचिव एकनारायण अर्याल र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल उनीहरूभन्दा कनिष्ठ थिए। 

मुख्यसचिवको प्रतिस्पर्धामा रहेमध्ये ज्ञवाली, सुवेदी र भट्टराई २०६७ वैशाख एकै दिनका सहसचिव हुन्। अर्याल र पोखरेल २०६७ फागुनका सहसचिव हुन्।

यसअघि २०६९ सालमा जुनियर सचिवलाई मुख्यसचिव बनाउँदा सिनियर सचिवहरूले राजीनामा दिएका थिए।

Tags: