post-slider post-slider

नुनेजको दुई गोलमा लिभरपुलको सनसनीपूर्ण जित

Image
A A

काठमाडौं - प्रिमियर लिगमा शनिबार राति लिभरपुलले सनसनीपूर्ण गोल नतिजा हासिल गरेको छ।

लिगको शीर्ष स्थानमा रहेको लिभरपुलले ब्रेनफोर्डमाथि २-० को जित निकालेको हो।

यो सनसनीपूर्ण जित निकाल्ने क्रममा लिभरपुलका डार्विन नुनेजले २ गोल खेलको अन्तिम चार मिनेटमा गरेका थिए।

खेलको स्टपेज समयको ९१ र ९३ मिनेटमा डार्विनले गोल गरेका थिए। निर्धारित ९० मिनेटको खेलमा दुबै टिम बराबरीमा थिए।

डार्विनको उत्कृष्ट प्रदर्शनका कारण लिभरपुलले आफ्नो शीर्षस्थान थप बलियो पार्न सफल भएको छ।

लिगमा २१ खेल खेल्दा लिभरपुल ५० अंकसहित शीर्षस्थानमा छ।

हारसँगै ब्रेनफोर्ड २८ अंकसाथ ११ औं स्थानमा छ। लिभरपुललाई पछ्याइरहेको आर्सनलको ४४ अंक रहेको छ।

लिगमा शनिबार राति दोस्रो स्थानको आर्सनल एस्टन भिल्लासँग २-२ बराबरीमा रोकियो।

Tags: