post-slider post-slider

रोमाञ्चक म्याचमा न्युजिल्यान्ड अस्ट्रेलियासँग पराजित

Image
A A

काठमाडौं- एकदिवसीय विश्वकप क्रिकेटको रोमाञ्चक म्याचमा न्युजिल्यान्ड अस्ट्रेलियासँग पराजित भएको छ।

अस्ट्रेलियाले प्रस्तुत गरेको ३८९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड  ५ रनले पराजित भएको हो।

न्युजिल्यान्डले ५० ओभरमा ९ विकेटको क्षतिमा ३८५ रन मात्रै बनाउनसक्यो।

अस्ट्रिलया र न्युजिल्यान्डले बनाएको योगफललाई जोड्दा विश्वकपको इतिहासमा यो सबैभन्दा ठूलो स्कोर हो।

अन्तिम ओभरमा जितका लागि १९ रन बाँकी छँदा अस्ट्रेलियाको कसिलो बलिङसामु न्युजिल्यान्डका ब्याटरहरूले बाउन्ड्रीबाहिर बल पु¥याउन सकेनन्।

अन्तिम ओभरको पाँचौं बलमा जिम्मी निसन रन आउट भएपछि लक्ष्यसम्म पुग्ने न्युजिल्यान्डको चाहना लगभग अन्त्य भएको थियो।

न्युजिल्यान्डका लागि सचिन्द्र रवीन्द्रले सर्वाधिक ११६ रन बनाए। त्यस्तै  डेभन कन्वेले २८, विल यंगले ३२, डैरिल मिचेलले ५४, टम लिथमले २१, ग्लेन फिलिप्सले १२, जेम्स निसमले ५८ रन बनाए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ५० ओभरमा सबै विकेट गुमाएर ३८८ रन बनाएको थियो।

ओपनर डेविड वार्नर र ट्राभिस हेडको विस्फोटक ब्याटिङको मदतले अस्ट्रेलियाले यो योगफल खडा गरेको थियो।

हेडले ६७ बलमा १०९ र वार्नरले ६५ बलमा ८१ रन बनाए।

त्यस्तै मिचेल मार्सले ३६, स्टिव स्मिथले १८, मार्नस लिबुसेनले १८, ग्लेन म्याक्सवेलले ४१, जौस इंग्लिसले ३७ र मिचेल स्टार्कले १ रन बनाए।

न्युजिल्यान्डका लागि ट्रेन्ट वोल्ट र ग्लेन फिलिप्सले ३–३ विकेट लिए। त्यस्तै मिचेल स्नैटरले २ र मेट हेनरी तथा जेम्स निसमले १–१ विकेट लिए।

 

Tags: