post-slider post-slider

माओवादीले पनि केन्द्रीय समिति बैठक लाइभ गर्ने

Image
A A

काठमाडौं- सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पनि केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गर्ने भएको छ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेको हो।

माओवादी केन्द्रीय समिति बैठक यही साउन १७ गतेदेखि सुरू हुँदैछ।

माओवादी केन्द्रका सचिव दिनानाथ शर्माले केन्द्रीय समिति बैठक लाइभ गर्ने निर्णय भएको जानकारी दिए।

यसअघि नेपाली कांग्रेसले साउन २ देखि १० गतेसम्म चलेको केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गरेको थियो।

यसअघि माओवादी केन्द्रीय समिति बैठकमा समूहगत छलफल हुने गरेको थियो। तर, यसपटक भने सबै केन्द्रीय सदस्यालाई बोल्न समय दिइने सचिव शर्माले बताए।

त्यस्तै आगामी मंसिरसम्म पार्टीले विधान सम्मेलन गर्ने पनि पदाधिकारी बैठकले निर्णय गरेको छ।

केन्द्रीय समितिको बैठकमा एजेन्डा पेस गरेर यसबारे थप निर्णय गर्ने माओवादीको तयारी छ।

त्यस्तै पार्टीको विधानअनुसार केन्द्रीय समितिमा महिला प्रतिनिधित्व ३५ प्रतिशत पुग्ने सचिव शर्माले जानकारी दिए।

यसपटक माओवादी केन्द्रीय समितिमा २३–२४ जना महिला सदस्य थपिनेछ।

अब माओवादीको केन्द्रीय समितिमा १४० महिलासहित ४०७ सदस्य हुनेछन्। माओवादी केन्द्रीय समितिको बैठक यही साउन १७ गतेदेखि २१ गतेसम्म काठमाडौंमा बस्दैछ।

 

Tags: