post-slider post-slider

भूराजनीतिक तनावले विश्वलाई नै प्रभावित गरेको छ : महासचिव गुटेरेस

Image
A A

काठमाडौं- संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले भूराजनीतिक तनावले विश्वव्यापी रूपमा प्रभाव पारेको बताएका छन्।

चारदिने औपचारिक भ्रमणका क्रममा नेपाल आएका उनले मंगलबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

महासचिव गुटेरेसले भूराजनीतिक तनाव बढ्दै जाँदा विश्वव्यापी विभाजनहरू गहिरो र खतरनाक हुँदै गइरहेको बताए।

विश्वमा हिंसा र द्वन्द्व चुलिएका बेला आफू नेपालको भूमिमा आएको बताउँदै उनले भने,‘मध्यपूर्वको द्वन्द्व नेपालबाट हजारौं माइल टाढा हुँदा पनि इजरायलमा हमासको क्रूर आक्रमणका कारण पीडितहरूमा धेरै नेपाली पनि परे। मृत्यु भएका दश नेपाली विद्यार्थीको परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु र बेपत्ता विपिन जोशीको सकुशल आगमनको कामनाग गर्दछु।’

दुई ठूला शक्तिका बीचमा रहेर आफ्नो सार्वभौमसत्ता र स्वाधीनताको रक्षाका लागि आफ्नो मार्ग नेपाल आफैंले बनाएको उनले बताए।

गुटेरेसले विगत २० वर्षको नेपालको शान्ति प्रक्रियाको यात्रा हेर्नलायकको रहेको उल्लेख गरे।

जलवायु प्रकोप घातक शक्तिका साथ तीब्र रूपले फैलिइरहेको बताउँदै उनले संकटहरूको प्रतिकार्य गर्न विश्वले नेपालबाट धेरैथोक सिक्नसक्ने जिकिर गरे।

गुटेरेसले नेपाल शान्तिको प्रवद्र्धक, बहुपक्षवादको पक्षधर र दिगो विकास तथा जलवायुसम्बन्धी कार्यको कट्टर समर्थक रहेको बताए।

नेपालको भ्रमण गर्न पाउँदा आफू ज्यादै खुसी भएको उनको भनाइ थियो। गुटेरेसले भने,‘यो असाधारण देशको भ्रमण गर्न पाउँदा म ज्यादै खुसी छु। मैले देखेका कुराले एक सामान्य सत्यलाई पुष्टि गर्दछन्–नेपाल विश्वको मित्र हो। विश्व नेपालका लागि असल मित्र हुनुपर्छ।’

नेपालमा संघीय सांसदहरूसँग साक्षात्कार हुन पाउनु आफ्नो लागि सम्मानको कुरा भएको उनले बताए।

 

Tags: