post-slider post-slider

विश्वकप : भारत–पाकिस्तानबीच फेरि हुनसक्छ भिडन्त, यस्तो छ समीकरण

Image
A A

काठमाडौं- भारतमा चलिरहेको क्रिकेट विश्वकपमा विस्तारै रोमाञ्च बढ्दै गएको छ। यो रोमाञ्च सेमिफाइनलसम्म पुग्ने ‘रेस’ को हो।

बुधबार दक्षिण अफ्रिका र न्युजिल्यान्डबीच भएको खेलपछि यो ‘रेस’ थप रोमाञ्चक बनेको छ।

दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई १९० रनको विशाल अन्तरले पराजित गरेर सेमिफाइनलको समीकरणलाई थप बल्झिाइ दिएको छ।

न्युजिल्यान्डको टिमले विश्वकपमा राम्रो सुरूवात गरेको थियो। तर, तीन म्याचमा हारेर यतिबेला चौथों स्थानमा पुगिसकेको छ।

न्युजिल्यान्डको ठूलो हारबाट सबैभन्दा बढी फाइदा पुग्ने टिम हो, पाकिस्तान।

लगातार चार म्याचमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिने संकटको सामना गरिरहेको पाकिस्तान टिम अचानक ‘रेस’ मा नजर आउन थालेको छ।

पाकिस्तान पाँचौं स्थानमा

पाकिस्तानले बंगलादेशलाई फराकिलो अन्तरले पराजित ग¥यो र पछिल्लो म्याचमा न्युजिल्यान्डलाई हार बेहोर्नुप¥यो।

अंकको हिसाबले यतिबेला न्युजिल्यान्ड चौथों र पाकिस्तान पाँचौं स्थामा छ।

८-८ म्याच खेलेको न्युजिल्यान्डको ८ अंक र समान म्याच खेलेको पाकिस्तानसँग पनि ८ अंक रहेको छ। शनिबार पाकिस्तानले डिएलसबाट न्युजिल्यान्डलाई २१ रनले पराजित ग¥यो। 

पाकिस्तान सेमिफाइलनमा पुग्न न्युजिल्यान्ड श्रीलंकासँग हार्नु पर्ने हुन्छ।

तर, श्रीलंका टिमको पछिल्लो फर्मलाई हेर्ने हो यसको सम्भावना भने न्यून देखिन्छ। न्युजिल्यान्डले श्रीलंकाविरूद्ध जित हातपारे पाकिस्तानले बाँकी रहेको अन्तिम म्याचमा इंग्ल्यान्डलाई फराकिलो अन्तरले पराजित गर्नुपर्ने हुन्छ। 

दुवैले आफ्नो अन्तिम खेल जित्दा अंक सामान हुने हुँदा नेट रनरेटको आधारमा चौथों टिमको निर्णय हुनेछ।

पाकिस्तानले आफ्नो दुवै म्याच जित्नु बाहेक न्युजिल्यान्ड दुवै म्याच हारोस् भन्ने याचना गर्नुपर्ने हुन्छ।

पाकिस्तानी प्रशंसक खुसी

दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई हराएसँगै पाकिस्तानका क्रिकेट प्रशंसकहरूमा आशाको किरण जाग्यो। सामाजिक सञ्जालमा कैयौं मिम्सहरू भाइरल हुनथाले।

पाकिस्तानका कैयौं क्रिकेट प्रशंसकहरू आफ्नो टिमले विश्वकप जित्ने आशा गर्न थालेका छन्।

पाकिस्तानका कैयौं क्रिकेट प्रशंसकहरू न्युजिल्यान्डलाई हराएकोमा दक्षिण अफ्रिकाप्रति आभारसमेत व्यक्त गरेका छन्।

भारत–पाकिस्तानबीच सेमिफाइनलको सम्भावना कति?

इंग्ल्यान्डका पूर्वकप्तान माइकल वानले दक्षिण अफ्रिकासँग न्युजिल्यान्डको हारपछि एउटा नयाँ बहसको सुरूवात गरिदिएका छन्।

उनले सामाजिक सञ्जाल ट्विटरमा भारत र पाकिस्तानबीच सेमिफाइनलको सम्भावना रहेको बताएका छन्।

कैयौं भारतीय प्रशंसकहरूले भारतीय टिम कुनै पनि टिमसँग प्रतिस्पर्धाका लागि तयार रहेको बताएका छन्।

कतिपयले भने पाकिस्तान सेमिफाइनलमा पुग्नै नसक्ने दाबी गर्दै वानको भविष्यवाणी गलत साबित हुने बताएका छन्।

एकदिवसीय विश्वकपलाई हेर्ने हो भने भारतीय टिमले सबै म्याचमा पाकिस्तानलाई हराएको छ।

अहिलेसम्म विश्वकपमा भारतले ८ पटक पाकिस्तानको सामना गरेको छ। र, सबै खेलमा उसलाई जित हासिल भएको छ।

सन् २०११ को विश्वकप सेमिफाइनलमा भारत पाकिस्तानबीच भिडन्त भएको थियो र त्यसमा भारतले जित हात पारेको थियो। त्यो विश्वकप भारतले जितेको थियो।

यसरी पाकिस्तान पुग्न सक्छ सेमिफाइनलमा

सेमिफाइनलको दौडमा रहिरहन पाकिस्तानले शनिबार बेंगलुरूमा हुने खेलमा न्युजिल्यान्डलाई जसरी पनि हराउनुपर्ने हुन्छ। त्यसपछि ११ नोभेम्बरमा उसले इंग्ल्यान्डलाई पनि पराजित गर्नुपर्छ। त्यो पनि फराकिलो अन्तरले।

विश्वकपको सेमिफाइनलमा चार शीर्ष टिम पुग्नेछ। शीर्ष स्थानमा रहेको टिमले चौथों स्थानमा भएको टिमसँग मुम्बईको वानखेडे स्टेडियममा पहिलो सेमिफाइनल खेल्नेछ।

दोस्रो सेमिफाइनल दोस्रो र तेस्रो स्थानमा रहेको टिमबीच हुनेछ।

यदि पाकिस्तान कुनै तरिकाले सेमिफाइनलमा पुग्न सफल भए एकपटक फेरि विश्वकपमा भारत र पाकिस्तानबीच म्याच हुनसक्ने सम्भावना रहन्छ।

 

 

Tags: