post-slider post-slider

आज देशभर वर्षाको सम्भावना

Image
A A

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले शुक्रबार देशर वर्षाको सम्भावना रहेको बताएको छ।

मनसुन सक्रिय रहेकाले देशको अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको विभागले जनाएको हो।

मनसुनी वायुको प्रभावले आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेसका धेरै स्थान तथा बाँकी प्रदेसका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

साथै कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेसका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले जारी गरेको बुलेटिनमा उल्लेख छ।

गण्डकी र लुम्बिनी प्रदेसका तराई भागमा हावाहुरीको समेत सम्भावना रहेको विभागले बताएको छ।

राति देशभर सामान्यदेखि पूर्णतया बदली भइ कोसी, मधेस प्रदेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेसका धेरै स्थान तथा बाँकी प्रदेसका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यसका साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेसका केही स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

 

Tags: