post-slider post-slider

कर फर्छयौट आयोगका तत्कालीन पदाधिकारीलाई १२ अर्ब ३१ करोड बिगो र जरिवाना

Image
A A

काठमाडौं- विशेष अदालतले कर  फर्छयोैट  आयोगका तत्कालीन तीन जना पदाधिकारीहरूलाई भ्रष्टाचार मुद्दामा सजाय तोकेको छ।

विशेषले उनीहरूसँग ६ अर्ब १५ करोड रूपैयाँ बिगो र त्यसको दोब्बर जरिवाना असुल गर्न सजाय निर्धारण गरेको हो।

मंगलबार विशेष अदालतले आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महतलाई ९ वर्ष १ महिना कैद तथा सदस्य उमेश ढकाल र सदस्य सचिव चुडामणि शर्मालाई ९÷९ वर्ष कैदसहित बिगो भराउन सजाय निर्धारण गरेको हो।

विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ७ बमोजिम बिगोको दोब्बर जरिवाना हुनेगरी सजाय निर्धारण भएको जानकारी दिएका छन्।

निर्धारित सजायअनुसार दोषी ठहर भएका तीनै जनाविरूद्ध बिगो र जरिवाना जनही ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८९८ रूपैयाँ तोकिएको छ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले जेठ १८ गते तीनै जना पदाधिकारीलाई दोषी ठहर गरेको थियो।

उनीहरूको सजाय निर्धारणका लागि मंगलबार पेसी तोकिएको थियो।

अब दोषी ठहर तीनै जना फैसलाविरूद्ध सर्वोच्च अदालतमा पुनरावलोकन गर्न चाहेमा तोकिएको बिगो र जरिवाना धरौटी राख्नुपर्नेछ।

 

Tags: