post-slider post-slider

नापी कार्यालय ललितपुरका सर्वेक्षक घुससहित पक्राउ

Image
A A

काठमाडौं- नापी कार्यालय ललितपुरका नापी सर्वेक्षकसहित तीन जना घुससहित पक्राउ परेका छन्।

अख्तियार दरूपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई २ लाख ५० हजार घुससहित कार्यालय परिसरबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नापी सर्वेक्षक रामवीर यादव, लेखापढी व्यवसायी दिनेश बन्जारा र विनोद अधिकारी रहेका छन्।

सेवाग्रहीबाट घुस लिइरहेको अवस्थामा उनीहरूलाई मंगलबार नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

उनले पक्रउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको बताएका छन्।

Tags: