post-slider post-slider

नेपालले थाइल्यान्डलाई २ सय २५ रनले हरायो

Image
A A

काठमाडौं– एसिसी यु – १६ मेन्स इस्टर्न रिजन कप–२०२३ को आफनो पहिलो खेलमा नेपालले थाइल्यान्डलाई २ सय २५ रनले पराजित गरेको छ।

नेपालले जितका लागि दिएको २ सय ७० रनको लक्ष्य पछ्याएको थाइल्यान्ड टोली १३ ओभर २ बलमा ४४ रन बनाउदै अलआउट भयो।

नेपालका लागि सन्तोष यादवले ३ ओभर २ बलमा १ मेडन सहित ८ रन दिएर ५ विकेट लिए। अशोक धामीले पनि ३ ओभरमा २ मेडन सहित ४ रन खर्चेर ३ विकेट लिए। अभिषेख तिवारीले २ विकेट लिए। 
    
यसअघि मलेसियाको बाँगीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा आठ विकेट गुमाउँदै २ सय ६९ रनको योगफल बनाएको थियो। 

नेपालका ओपनर नीरजकुमार यादवले सर्वाधिक ७४ रनको योगदान दिए भने नरेन भट्टले अविजित ५५ रन बनाए। 

त्यस्तै सूर्यान्शु कोइरालाले ४० तथा सन्तोष यादवले ४२ रन जोडे। थाइल्यान्डका निटपाखन मनुवु, पनुवात र इशान बानेर्जीले समान २ / २ विकेट लिए भने सादा र पियावत नेद्रीले सामान १ / १ विकेट लिए। खेलको प्लेयर अफ द म्याच नेपालका सन्तोष यादव भए। 
    
प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा  मलेसिया र थाइल्यान्ड छन् । त्यस्तै समूह ‘बी’ मा हङकङ, सिङ्गापुर, माल्दिभ्स र इन्डोनेसिया छन । थाइल्यान्ड पहिलो खेलमा मलेसियासँग पराजित भएको थियो । नेपालले आफ्नो दोस्रो खेल आयोजक मलेसियासँग जुन ३० मा खेल्नेछ ।

Tags: