post-slider post-slider

काठमाडौंमा पहिरो जाँदा एक जनाको मृत्यु

Image
A A

काठमाडौं- काठमाडौंको नागार्जुनमा पहिरोमा पुरिँएक होटलमा कार्यरत् एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा गोरखा लखन थापा गाउँपालिका-६ घर भई ट्रपिकल रष्टुरेन्टमा किचन हेल्परको रूपमा काम गर्ने २२ वर्षीय मनोज विक छन्। 

काठमाडौं नागार्जुन नगरपालिका-३ स्थित सिङ्गल ट्री नजिकै पहिरो जाँदा रेष्टुरेन्टको किचन कोठा पुरिएको थियो।

किचन पुरिँदा घाइते भएका विकको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

उपत्यकामा अविरल वर्षाका कारण बागमती नदीको जलसतह बढेको छ। बागमती किनारमा रहेका अधिकांश बस्तीहरू डुबानमा छन्। 

बागमती करिडोरका सडक डुबानमा छन्। बल्खुको तरकारी बजारसमेत डुबानमा छ। भक्तपुरमा एक दर्जन घर-टहरा डुबानमा परेका छन्।

 

Tags: