post-slider post-slider

नेविसंघले शिक्षामन्त्रीलाई भन्यो – विश्वविद्यालयमा भागबन्डा नहोस्

Image
A A

काठमाडौं- नेपाली कांग्रेससम्बद्ध विद्यार्थी संगठन नेविसंघले विश्वविद्यालयमा राजनीति भागबन्डाका आधारमा पदाधिकारी नियुक्त नगर्न माग गरेको छ।

बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईसँग भेटेर नेविसंघले विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्त गर्न माग गरेको हो।

नेविसंघको प्रतिनिधिमण्डलले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्दा राजनीतिक भागबन्डा नगर्न शिक्षामन्त्रीलाई राईलाई ध्यानाकर्षण गराएको हो।

समग्र शिक्षा प्रणालीको सुधार गर्न र विश्वविद्यालयहरूमा भइरहेको राजनीतिकरण तथा दलीयकरणको अन्त्यका लागि खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति गर्न आफूहरूले शिक्षामन्त्रीलाई ध्यानाकर्षण गराएको नेविसंघका नेता भुवन भट्टले जानकारी दिए।

नेविसंघले विश्वविद्यालयहरूमा भइरहेको लापरबाही, अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्न पनि माग गरेको छ।

साथै संघीय शिक्षा विधेयक संसदबाट छिटो पास गर्न पनि उनीहरूले शिक्षामन्त्री राईलाई ध्यानाकर्षण गराएको छ।

 

Tags: