post-slider post-slider

‘ब्रेक प्याड’ मा राखेर भित्र्याइएको सुनको परिणाम ६० केजी

Image
A A

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘ब्रेक प्याड’ मा राखेर भित्र्याइएको सुनको परिणाम ६० केजी ७७९ ग्राम रहेको पाइएको छ।

बरामद ‘ब्रेक प्याड’ भित्रको सुन निकाल्दा सुनको परिमाण ६० केजी ७७९ ग्राम रहेको पाइएको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ।

सोमबार टक्सार विभागले ‘ब्रेक प्याड’ को सुनको तौल गरेको थियो। सुनको परिमाणको औपचारिक विवरण भने सार्वजनिक गरिएको छैन।

हङकङबाट गत असार २९ गते विमानस्थल भन्सारसमेत पास गरिसकेको तस्करीको सुन सिनामंगल सडकबाट राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो।

१६० वटा ‘ब्रेक प्याड’ बरामद भएकोमा त्यसभित्र लुकाइएको सुनको परिमाण करिब ६१ केजी रहेको पाइएको छ।

राजस्व विभागको टोलीले सुरूमा सुनसहित दुई जनालाई पक्राउ गरेको थियो। त्यसपछि भन्सार अधिकृतसहित ३ कर्मचारी, ३ विदेशी नागरिक र ४ जना भन्सार एजेन्टसहित १८ जनालाई पक्राउ गरिएको थियो।

त्यसमध्ये १७ जना हाल केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन् भने एक जनालाई हाजिरी जमानतमा रिहा गरिएको छ।

 

Tags: