post-slider post-slider

मलंगवामा अनिश्तिकालीन कर्फ्यु, सुरक्षा व्यवस्था कडा

Image
A A

काठमाडौं- सर्लाही सदरमुका मलंगवामा अनिश्चितकालीन कफ्र्यु जारी गरिएको छ।

गणेश पुजाको मूर्ति विसर्जन गर्न लैजाने क्रममा दुई समुदायबीचको झडपछि तनाव सिर्जना भएपछि स्थानीय प्रशासनले बिहीबार राति १० बजेदेखि अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको हो।

मूर्ति सेलाउन लैजाने क्रममा मलंगवा नगरपालिका–३ मा दुई समुदायबीच झडप भएको थियो।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवं शान्ति भंग हुन नदिन कफ्र्यु लगाइएको जानकारी दिए।

उनका अनुसार अर्को आदेश नहुन्जेलसम्म कफ्र्यु जारी रहनेछ।

कफ्र्युसँगै सदरमुकाम मलंगवाको सुरक्षा व्यवस्था कडा पारितएको छ। बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ। शुक्रबार बिहानैबाट बजार क्षेत्रमा कसैलाई पनि प्रवेश गर्न दिइएको छैन।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी दीपेन्द्र पन्जियार थारूले बिहीबार साँझको झडपमा केही मानिस घाइते भएको जानकारी दिए।

अन्य घाइते प्रादेशिक अस्पताल मलंगवामा उपचारपछि डिस्चार्ज भइसकेका छन् भने गम्भीर घाइते मलंगवा–७ का २३ वर्षीय रूपेश यादवको वीरगञ्जमा उपचार चलिरहेको छ।

मलंंगवास्थित शिवसागर चोक नजिकको पोखरीमा मुर्ति विसर्जन गर्न लैजाँदै गर्दा भएको झडप नियन्त्रण गर्ने क्रममा नेपाल प्रहरीले पाँच सेल र सशस्त्र प्रहरीले तीन सेल अश्रुग्याँस प्रहार गरेको थियो।

दुवै पक्षबीच ढुंगाुमढा हुन थालेपछि प्रहरीले भिडलाई तितरबितर पार्न अश्रुग्याँस प्रहार गरेको हो।

झडपकै क्रममा एक घरमा आगजनी भएको थियो।

सदरमुकाम मलंगवामा यसअघि श्रीकृष्ण जन्माष्टमीको मुर्ति सेलाउने क्रममा पनि विवाद भइ कफ्र्यु र निषेधाज्ञा जारी गर्नुपरेको थियो।

 

Tags: