post-slider post-slider

कांग्रेसले स्थगित गर्‍यो बिपी साहित्य महोत्सव

Image
A A

काठमाडौं- नेपाली कांग्रेसले बिपी साहित्य महोत्सव स्थगित गरेको छ। 

आइतबारदेखि केन्द्रीय कार्यालय सानेपामा भइरहेको बिपी साहित्य महोत्सव कांग्रेसले स्थगित गरेको हो।

कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिपी साहित्य महोत्सवअन्तर्गत मंगलबारका सबै कार्यक्रम स्थगित भएको जानकारी दिए।

उनले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधनको शोकमा बिपी साहित्य महोत्सवका आजका कार्यक्रम स्थगित भएको बताए।

नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको सोमबार राति हृदयघातका कारण निधन भएको थियो।

सरकारले उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टि हुने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

बिपी साहित्य महोत्सव भदौ २४ देखि २६ गतेसम्म निर्धारण गरिएको थियो।

Tags: