post-slider post-slider

आज फूलपाती भित्र्याइँदै

Image
A A

काठमाडौं- नवरात्रीको सातौं दिन आज दुर्गापीठ, दसैंघर, कोत तथा घरघरमा फूलपाती भित्र्याइँदै छ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैंघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकको रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, मानक, कचुर, दारिम, जयन्ती, अशोकको फूल र अन्य पालुवा भित्र्याउने चलन छ।

हनुमानढोका दरबारको दसैंघरमा गोरखाबाट ल्याइएका फूलपाती भित्र्याउने परम्परा छ।

गोरखादेखि धादिङको जीवनपुरसम्म गोरखा दरबारको दसैंघरका पुजारीसहित मगर जातिका ६ जनाले ल्याउने र धादिङको जीवनपुरदेखि जमलसम्म काठमाडौंबाट गएका ब्रँह्मण जातिका ६ जनाले ल्याउने परम्परा छ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्यान्डबाजा, पन्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती भित्र्याइन्छ।

पृथ्वीनारायण शाहले काठमाडौं राज्यमाथि विजयप्राप्त गरेदेखि नै यो परम्परा रहिआएको छ।

यसै दिन रात्रीमा कालरात्री देवीको पूजा गरिन्छ। यिनै देवीले रक्तबिज नामक दैत्यको संहार गरेको किंवदन्ती छ।

 

Tags: