post-slider post-slider

धादिङ बस दुर्घटना अपडेट : मृतकको संख्या सात पुग्यो, अझै बढ्ने अनुमान

Image
A A

धादिङमा भएको बस दुर्घटननामा मृत्यु हुनेको संख्या ७ पुगेको छ।

गजुरी गाउँपालिका वडा नम्बर-५ घाटबेंसीमा रुपन्देहीबाट काठमाडौंतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस आज बिहान त्रिशूली नदीमा खसेको थियो।

दुर्घटनामा एक जना महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए। मृतकको सनाखत हुन भने बाँकी छ ।

दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएका छन्। प्रहरी उपरीक्षक गौतमका अनुसार घाइतेको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि अधिकांशलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासीले उद्धार गरिरहेका छन्। उद्धार कार्य जारी छ। बस नदीमा डुबेकाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको अनुमान छ।

रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका-९ का ३८ वर्षीय बस चालक हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Tags: