post-slider post-slider

बिहीबार दिउँसो अवरूद्ध भएको नारायणगढ–मुग्लिङ सडक अझै खुलेन

Image
A A

काठमाडौं- बिहीबार दिउँसो अवरूद्ध भएको नारायणगढ–मुग्लिङ सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन। 

पहिरोका कारण अवरूद्ध भएको नारायणगढ–मुग्लिङ सडक खण्ड सञ्चालनमा आउन नसकेको हो।

सडक खुला गर्न पहिलो पछाउने काम शुक्रबार बिहानबाट सुरू भएको छ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख डिभिजनल इन्जिनियर रमेश पौडेलले पहिरो पन्छाउने काम सुरू भएको र थप पहिरो नझरे दुईदेखि तीन घण्टामा सडक सञ्चालनमा ल्याइने बताएका छन्।

पहिरो पन्छाउन एस्काभेटर परिचालन गरिएको छ। त्यस्तै डिभिजन सडक कार्यालयका प्राविधिकहरू बिहानैबाट यो काममा खटिएका छन्। यसमा नेपाल प्रहरी र स्थानीय पनि सहयोग गरिरहेका छन्।

अघिल्ला वर्षहरूमा पहिरोको समस्या बनेको तीन ठाउँमा यो वर्ष अहिलेसम्म समस्या नआएको र यो नयाँ ठाउँमा पहिरो आएको समस्या भएको पौडेलको भनाइ छ।

पछिल्ला वर्षहरूमा नारायणगढ–मुग्लिङ सडकभन्दा माथिबाट खस्ने पहिरोले सडक अवरूद्ध गरेर समस्या भएको हो।

हरेक वर्ष वर्षा सुरू भएसँगै पहिरो झर्ने समस्याले यो सडकको यात्रा नै असुरक्षित बनेको छ। तर, पहिरोको जडबारे यकिन गर्न सकिएको छैन।

पहिरोका कारण सडक अवरूद्ध भएपछि मुग्लिङ र रामनगरमा हजारौं सवारी साधन रोकिएका छन्। सवारी साधनको लाम दक्षिणमा नारायणगढ र उत्तरमा कुरिनटारसम्म रहेको बताइन्छ।

पहिरोले सडक नखुल्दा लाखौं यात्रु रातभर बीच सडकमा अलपत्र परेका थिए।

देशकै प्रमुख राजमार्गमध्ये एक नारायणगढ–मुग्लिङ सडक भएर राजधानीसम्म आवश्यक खाद्यान्न, लत्ताकपडा, पेट्रोलियम पदार्थलगायतका आवश्यक सामानहरू आउने गरेका छन्।

राजधानीलाई तराइका जिल्लाहरूसँग जोड्ने यो मुख्य सडक अवरूद्ध हजारौं सवारी साधन र लाखौं यात्रु अलपत्र पर्ने गर्दछन्।

बिहीबार दिउँसो १ः ३० बजेबाट यो सडक अवरूद्ध रहेको छ।

 

Tags: