post-slider post-slider

शक्तिशाली भूकम्पका कारण मोरक्कोमा कम्तिमा ६३२ जनाको मृत्यु

Image

मराकेस- मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परी हालसम्म कम्तिमा ६ सय ३२ जनाको मृत्यु भएको छ भने ३ सय २९ जना घाइते भएका छन्। मोरक्कोको गृह मन्त्रालयका अनुसार घाइतेमध्ये ५१ जनाको अवस्था गम्भीर छ।

भूकम्पमा ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेका छन्। भुकम्पबाट मराकेस, अगादिर, कासाब्लाङ्का, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएका बताइएको छ।

शुक्रबार राति ११:११ बजे गएको ६.८ म्याग्निच्युडको भूकम्पबाट भयभीत मोरक्कोली मध्यरातमा घर छोडेर भागेका थिए। अहिले पनि अधिकांश घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन्।

शक्तिशाली भूकम्पपछि साना–साना धेरै धक्का आज पनि महसुस गरिएको मोरक्कका सञ्चार माध्यमले बताएका छन्। शुक्रबारको भूकम्प देशमा अहिलेसम्मकै सबैभन्दा शक्तिशाली भएको समाचारमा उल्लेख गरिएको छ। रासस/ एपी

 

Tags: